Skip to content

समीपै रहे बन्धु


समीपै रहे बन्धु प्यारा हुँदैनन्
र नेता कवै सर्वहारा हुँदैनन् ।

बरू बेच इज्‍जत् र दौलत् कमाऊ
सुदामाहरू ज्यानमारा हुँदैनन् ।

जता पर्छ खाल्डो उतै जम्छ पानी
सबै पोखरी किन्तु रारा हुँदैनन् ।

तिमी फन्कियौ व्यर्थ मेरा कुराले
सधैँ सत्यवादी किनारा हुँदैनन् ।

म खोज्दै छु साहित्यको राजधानी
जहाँ भ्रष्ट नेता र नारा हुँदैनन् ।
-पथरीशनिश्‍चरे-१३, कीर्तिपुर, मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *