Skip to content

न त लाज छ, न डर छ


न त लाज छ, न डर छ सरकार तिमीलाई
अँझै चुनाव जित्ने रहर छ सरकार तिमीलाई

गरिब जनताको झुपडीमा पानी चुहिँदा
दरबारजत्रो ठूलो घर छ सरकार तिमीलाई

मानो खाएर मुरी उब्जाउने बेला छ किसानको
भोट माग्दै हिंड्ने लहर छ सरकार तिमीलाई

अन्धकार जीवन जीउन बाध्य छन् जनता यहाँ
सधैँ झिलिमिलिको शहर छ सरकार तिमीलाई

एक छाक टार्न नसकेर रुवाबास छ जनताको
हाँसो खुशीको वहर छ सरकार तिमीलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *