Skip to content

नपाउनेमा लगाव किन ?


नपाउनेमा लगाव किन ?
व्यर्थको तनाव किन ?

तिरस्कार गर्दा पनि
उसैमा झुकाव किन ?

जो आफूसँग छैन
त्यसैको अभाव किन ?

गोलीभन्दा तिखो बोली
यतिधेरै प्रभाव किन ?

मुखमा उसको नाम
हातमा सराब किन ?

मायाले आफ्नो जीवन
बनाउँछौ धराप किन ?

न्यानो साथ नपाउँदैमा
यतिको खराब किन ?

कसैको यादमा जीवन
बनाउँदैछौ बर्बाद् किन ?

बोल बोल दिल खोलेर
दिँदैनौ जवाफ किन ?

पूर्व विद्यार्थी,
मन्थली उमावि, मन्थली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *