Skip to content

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि


सक्छौ भने चितासँगै, आत्मा गलाई दिनु।
मलाई मेरै रामेछापको, घाटमा जलाई दिनु।

मरेँ भने केही गरी, तिम्रो शहरमा;
खोजी खोजी आफन्तको, हातमा मलाई दिनु।

रुन्छिन् होली मेरी आमा, म मरेको पल;
आमाले नि नदेखुन् है, रातमा जलाई दिनु।

मेरै रगतले रँगाई, मेरो देशको ध्वजा;
ध्वजासँगै शिरको बलि, साथमा चढाई दिनु।।

9 thoughts on “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि”

  1. जननी जन्मभूमिश्च स्वर्गादपि
    जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि

    तपाइँका गजलकाे शीर्षक धेरै नै अशुद्ध भयाे । यसरी सच्याइहाल्ने काम गर्नुहाेला । भाेलि म हेर्छु सच्याएकाे नसच्याएकाे । बढि जान्ने भयाे भनेर अन्यथा नलिनु हाेला ।

    1. यामदास घायल 'सन्तलाल'

      स-हृदय धन्यबाद सर, यहाँले
      स-हृदय धन्यबाद सर, यहाँले मलाई एक पटक सुध्रने मौका दिनुभएकोमा। आँउदो दिन तथा अन्य लेख, रचनाहरुमा पनि सुधार्नु पर्ने कुराहरुलाई औँल्याई दिनुहोला। तर सुधार्न अलि ढिलो भएकोमा माफी चाहान्छु सर, नरिसाउनु होला।

  2. रिसाउने के कुरा भयाे र मित्र
    रिसाउने के कुरा भयाे र मित्र । मैले भनेकाे कुरा गरिदिनु भयाे मलाइ ता सारै खुसी लाग्याे । काेही ता तँ को हाेस् बाठाे हुने भन्न पनि पछि पर्दैनन् । तर हेर्नुहाेस् भाषालाइ हामीले शुद्ध गरी लेख्दैमा हाम्रो र भाषाको पनि इज्जत बढ्दैजान्छ ।
    अहिलेलाइ धन्यवाद ।
    मैले भनेजति सबै ता फेरि पनि मिलानु भएनछ । तैपनि अब म बढी कच कच गर्दिन है ।

  3. यामदास घायल 'सन्तलाल'

    सर, कचकच गर्दिन भन्दा पनि
    सर, कचकच गर्दिन भन्दा पनि देखाईहाल्नुन कमजोरी। कमजोरी त सुधार्नै पर्यो नी त सर।

  4. सुधार गरिहाल्ने भए किन
    सुधार गरिहाल्ने भए किन अन्तिममा रहेकाे सी लाइ सि नपारेकाे त ।

  5. यामदास घायल 'सन्तलाल'

    लौ सर धन्यबाद प्रतिक्रियाको
    लौ सर धन्यबाद प्रतिक्रियाको लागि। म यसलाई पनि बाँकि राख्दिन।

  6. लाै अब मेरो भन्नु केही रहेन
    लाै अब मेरो भन्नु केही रहेन यसबारे । यस भन्दा पनि अझै उच्च काेटीका देशभक्तिले भरिएका तथा भावनात्मक रचनाहरु तपाई‌बाट पढ्न पाइरहुँ । अनि अरुकाे पनि तपाई‌मा पढ्ने बानी अाइरहोस् । पढेर मात्रज्ञान तिखारिन्छ निखारिन्छ । अहिलेलाइ बिदा । मलाई लाग्छ अब कसैले यस पद्यलाई अशुद्ध लेखेछ भने मैले सुधारिरहनै पर्दैन । तपाई‌ नै सुधार्ने बाटाे देखाइदिनुहाेला ।

  7. अबश्य सर। यहाँलाई हृदयबाट नै
    अबश्य सर। यहाँलाई हृदयबाट नै धन्यबाद।

  8. यामदास घायल 'सन्तलाल'

    अबश्य सर। यहाँलाई हृदयबाट नै
    अबश्य सर। यहाँलाई हृदयबाट नै धन्यबाद छ है।

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *