खलबली भो खलबली
मनमा खलबली
देशै भरि अरिष्ट भो
मनमा खलबली
भुइँ उचालोको चोटमा
सबै खलबली
धेरै मान्छे सको है
झनै खलबली
घरले किच्यो घरले थिच्यो
मरण खलबली
राहत छैन राज्य छैन
भयो खलबली
संसद्को गेटमा
महाखलबली
लुट्न केही छोडेनन्
लाजैको खलबली
लाज लाग्यो सबैलाई
संसार खलबली !!
