Skip to content

जिन्दगी

  • by


जिन्दगीमा आफैसँग हारेको छु मैले
आफू मर्दा आफैले नून बारेको छु मैले

घातक ती वचनहरू छाय वाण सरी
चुक्यौ निसानामा मुटु सारेको छु मैले

आत्मा त मरिसक्यो शेष शरीर मात्र
आत्मालाई त मसानघाटमा झारेको छु मैले

दोशी हु पाउनु पर्छ फाँसी न्याय गर्दा
झुठै सही उनको माया मारेको छु मैले

भूतनै बनी तर्साउछौ भन्लिउ मरेपनि
मुटु पोलि सात खोली तारेको छु मैले

Leave a Reply

Your email address will not be published. Required fields are marked *