Skip to content

मलाई आफ्नो हुनेवाला


मलाई आफ्नो हुनेवाला असल मनपर्छ
कविता, मुक्तकभन्दा गजल मनपर्छ ।

सिसाको ठूलो दरबार अनि धेरै धन हैन
मलाई सुन्दर मायाको सानै महल मनपर्छ ।

सादा जीवन जिउनु पर्छ, भन्ने गर्थे बाले
सुटबुटभन्दा मलाई चप्पल नै मनपर्छ ।

लेखन प्रति धेरथोर लगाव भएर हो कि
मलाई कापी कलम कै पसल मनपर्छ ।

भाग्यलाई दोष दिई एकै ठाउँमा बस्ने हैन
नयाँ युगसँगै समयको फेरबदल मन पर्छ ।

चाहन्न सन्ध्या बन्द र उजाड लाग्दो वस्ती
उसलाई घनघोर तर शान्त जङ्गल मनपर्छ ।

सजना वाइबा सन्ध्या
पूर्व विद्यार्थी मन्थली उमावि, मन्थली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *