जलाइदियौ सपना, बगाउन पानी दिएर गयौ
भिजाउन आशुले एक्लै, सिरानी दिएर गयौ
यो कस्तो मजाक, गर्यौ म माथि तिम्ले
अधुरो अपुरो सधैं, जिन्दगानी दिएर गयौ
तिमीले त चालिगयौ, रंगिन पाइलाहरू यहाँ
सादा पार्यौ मलाई रुने, बानी दिएर गयौ
भर्यौ तिम्रो जीवनमा, खुसीका ती छालहरू
सकिएर खोक्रो भाको, जवानी दिएर गयौ
सपनीमा आउन छोड्यौ, कल्पनामा खोजे
यो कस्तो अनौठो मलाई, कहानी दिएर गयौ
रञ्जना न्यौपाने
चरिकोट, दोलखा

जलाइदियौ सपना, बगाउन पानी
जलाइदियौ सपना, बगाउन पानी दिएर गयौ
भिजाउन आशुले एक्लै, सिरानी दिएर गयौ
too nice gazal …. keep it up Ranjana ji