Skip to content
FB_IMG_1435045977395

परदेशी

नखोज मलाई भिर पाखा अनि हरियालिमा… ? म त मरभुमिमा बिलिन भई सकेछु !

नसम्झ है मलाई चाड बाड अनि खुशीयालिमा…? म त इदहरुमा रमाउन थाली सके छु !

नसम्झ है मलाई जुन अनि ताराहरु उदाएको रातमा …? म त डिजल प्लान्ट्का बत्तीहरुमा रमाउन थालिसकेछु !

नखोज है मलाई किल्ला अनि कन्दराहरुमा………….. ? म त यहाँको मजरामा रमाउन थाली सकेछु !

नहेर्नु है घरी घरी…………………. मेरो आउने बाटो…? म त बाटो बिनाको बालुवामा रुमलिसके छु…………. !

नसोध्नु मलाई , कहिले घर आउने भनी…………… ? म त लाल सागर वरी परी को बासिन्दा भइ सकेछु……….. !

म त पारीको मान्छे भई सकेछु……………. .! म त परदेशी भइ सकेछु !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *