एक
उन्नैसौं र एक्कैसौं शताब्दी एउटै हुँदै हुँदैन सानु
जसले जे भने पनि नेपाली भाषामा अरु छैन रानु
बधु शिक्षा तत्कालीन नारी समाजको अक्षर चित्र हो
यसमा तिम्रो कुनै गल्ती छैन आदि कवि भानु ।
दुई
सबको निधारमा नेपाली माटो छ तर फेरि किन हो फाटो छ
त्यसैले त भनिन्छ नेपाली शीर माथि विभाजनको जाँतो छ
भाषा र राज्य एकीकरण कर्ता भानु र पृथ्वी जन्मिसके
अब यो माटोमा भावनाको एकीकरण कर्ताको नितान्त खाँचो छ ।
