कहिलेकाही त यहाँ, बाँच्नु पर्ने अरुकै लागि
देखाउन भए पनि, हाँस्नु पर्ने अरुकै लागि
मनमा के छ के, जीवनमा के के भइदिन्छ
नचाहँदा नचाहँदै खुशी, मास्नु पर्ने अरुकै लागि
त्यो पवित्र सम्बन्धलाई, टुक्र्याउदै जहाँतहीँ
पराइसँग रुँदै नाता, गाँस्नु पर्ने अरुकै लागि
आफ्नु लागि थोरै खुशी, धेरै पीडा हुन्छ यहाँ
सुख जति सबै सबै, साच्नु पर्ने अरुकै लागि
मेहनत गरी उमारेका, फुलाएका सुन्दर फूल
निर्दयी बन्दै उस्लाई, भाच्नु पर्ने अरुकै लागि
रञ्जना न्यौपाने
चरिकोट, दोलखा
