Skip to content

पर्खिएर गइन् उनी


हिजैदेखि अरु कोहीलाई पर्खिएर गइन् उनी
बोल्न खोजेँ आँखा तरी झकिएर गइन् उनी

फूल लिई बसेँ म उनी आउने बाटो कुरी,
बदलामा ढुंगा माटो छर्किएर गइन उनी

छैन कुनै भूल मेरो गरीव हुनु अभिसाप भो,
घातैघातको हिलोमाथि लर्किएर गइन् उनी

खोट देखाई चोट दिने निष्टुरीलाई के भनौं,
यो दिलमा आगो लगाई फर्किएर गइन उनी

दौलतको प्यासी रै’छिन् बल्ल बुझेँ गाँठी कुरा,
बेमौसमी झरी जस्तै दर्किएर गइन उनी

– खजुराखर्दु १ बाँके, नेपालगन्ज

2016-07-12 09:33:12 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *