Skip to content
SwapnilNirav-02


जिन्दगीको कमाइ गनिसक्नु थिएन
प्रशस्त माटो किनेँ
त्यसमा पसिना बगाएँ
लहलह बालीनाली झुलाएँ
लालाबाला हुर्काएँ
र बलबुटाले भ्याएसम्म पढाएँ

समय सधैँ एक्नास नबग्दो रहेछ
म बावु,
बाजे /ससुरा भएँ
घर्खेत छोराको भयो
छोरा बुहारीको
छोरी ज्वाइँको
र जहान परलोक भई

उफ्!
म बुढो रुख
कसैको रहिन/ भइन

यो बुढो रुख बेजोड हावको प्रतिक्षामा रहन थाले
ताकी आओस बेजोड हावा
र उडाओस मलाई

साँच्चै आयो
एक रात बेजोड हावा आयो
र उडाइ लाग्यो प्राण पखेरु बुढो रुखको

आजै
सिरानमा
एकजोर जुत्ता
लत्ताकपडा
र एकसरो कफन छडेर
फर्किए आफ्नाहरू

अहो!
जिन्दगी कस्तो नमिठो ब्यङ्य ।

निरव स्वप्निल
रामपुर पाल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *