Skip to content

खोज्दैछु मौवा सरि


खोज्दैछु मौवा सरि जिन्दगानी
बन्दैछ हौवा सरि जिन्दगानी

राम्रो छ देख्दा तर भित्र प्वाल
तप्किन्छ गौवा सरि जिन्दगानी

कैले छ शालीन विनम्र धेरै
कैले छ कौवा सरि जिन्दगानी

भत्किन्छ भन्ने मनमा छ त्रास
थोत्रो छ पौवा सरि जिन्दगानी

सक्दैन थेग्नै अब शीत ताप
लाग्दैछ टौवा सरि जिन्दगानी

(इन्द्रवज्रा)
५ मा विश्राम

-कोमल भट्ट
चन्द्रागिरी न.पा -२१, काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *