मेरो आँखामा भरदिन बादल छाइरह्यो
बिन्ती छ कसैले आँधी ल्याइदेऊ
मेरो छातीमा भररात रातले टेकिरह्यो
बिन्ती छ कसैले उज्यालो ल्याइदेऊ
अन्धो छु म बाटो खोजी हिँड्छु
आऊ कोही मलाई बाटो देखाऊ
बहिरो छु म केही सुन्ने रहर छ
आऊ कोही मलाई सहारा देऊ
स्वर – दीप श्रेष्ठ
