तिम्लाई पक्कै यो जीवनमा, साथीको साथ चाहिन्छ कि?
अरुलाई दुख्ख दिदा, आफै दुख्ख पाइन्छ कि ?
राम्रो रुप मिठो बोली, भएर पो के नै गर्नु
मै हु भने पनि आखिर, एकदिन पर्छ सबले मर्नु
सम्बन्धमा देखेनछौ, माया अनि विश्वास पनि
सकारात्मक मात्र सोच, भनेकै थे मैले पनि
सम्बन्धभन्दा साथीको यो, ठुलो रैछ तिम्लाई धन
बाहिर मिठो चिप्लो बोल्छौ, कालो रैछ तिम्रो मन
मिठो बोल्थ्यौ राम्रै लाग्थ्यो, राम्रो मात्रै सोचे पैले
मनको कालो हौला भन्ने, सोच्न पनि सकिन मैले
सके जति साथ सहयोग, मैले पक्कै गरेकै हो
बिचमा तिम्रो व्यवहार देख्दा, मनमा च्वास्स परेकै हो
तिम्रो कामलाई आफ्नै सम्झि, क-कहा र कति धाए?
राम्रो भयो दुई वर्ष मै, तिम्लाई चिन्ने अवसर पाए
शुभकामना छ है, राम्रो गर्नु अब आउने सबै कालमा
म जसरी अरु कोही, न फसुन् है तिम्रो जालमा
– त्रीपाठी बाबु हाल: अमेरिका
