Skip to content

घैंटेवाद जिन्दावाद चरीवाद जिन्दावाद (कटाक्ष)


श्रीचराजी श्रीघैंटाजी जय छन् यहाँ
यी गोविन्देको के काम यो
गर्देऊ बरु इन्काउन्टर
रहन्न लुतो न लुतो कनाई
धेरै किच किच भो
धेरै खिच् खिच् भो
उडाइदेऊ गोबिन्दे अब
गोबिन्दे काल भो यो
तगारो भो घैंटावादको
झर्ने भए चरी पखेटा

यो गोविन्दे बाँच्यो भने
बाटो रोकिन्छ मुन्ना भाइ एम बि बि एस
यो गोविन्दे साँच्यो भने
हराउने भो त्रिपालवाद, दारी वाद
त्यसैले रहनु हुन्न गोविन्दे यहाँ

चोरजी सुत्ने सतलमा यहाँ
फटाहा साधु किन बस्ने
लगाई देऊ फाँसी यिनलाई
अब धेरै अत्ति भयो
कमाइ खाने बाटो हाम्रो
हे गोविदे ! खति भयो

दारीवाद जिन्दावाद
त्रिपालवाद जिन्दावाद
मुन्नावाद जिन्दावाद
घैंटेवाद जिन्दावाद चरीवाद जिन्दावाद !

(डाक्टर साहब हार्दिक नमन) !!
सेप्टेम्बर ४, २०१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *