Skip to content

जरुर उसका आँखा


जरुर उसका आँखा ती खजानामा हुनसक्छ,
मान्छे न हो बग्रेल्ती चाहनामा हुनसक्छ

लुटेरा अनेक रुपमा गाउँ पस्लान होसियार,
चाहे समाजसेवा गर्ने बहानामा हुन सक्छ

कसले गर्यो उसको हत्या कसैले बताएन,
एउटा आशा इतिहासको पानामा हुनसक्छ

हर कुराको बिरोधी छ क्रान्तिकारी मान्छे,
कहाँ यता खोज्छौ उता धर्नामा हुनसक्छ

किन हेरिरहन्छ ऊ मुस्कुराउदै मलाई,
यो प्रश्नको जवाफ मेरो ऐनामा हुनसक्छ

शारदा खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *