एक)
गाँठो फुकाउनै नसकिने जेरी जस्तै छन् नाताहरू
पौराणिक कालदेखि बुझ्नै नसकिने नारी गाथाहरू
कालो प्रथा दाइजो, हाम्रो संस्कार र संस्कृति बनेपछि
पुत्र रत्न भन्दै पुत्री भ्रुण मास्दै छन् कलियुगी माताहरू ।
दुई)
रातो टीका निधारमा भन्दै तिमीसँग नाचूँ कसोरी
रमाउँदै सुहाग सेजमा तिमीसँग टासिऊँ कसोरी
राहु केतु र शनिश्चरको दशा लागेको छ साँहिली
देश जलिरहेको बेला तिमीसँग हासूँ कसोरी ।
तीन)
शंघीय प्रदेशको कुर्ची कुकुरहरू बीचको हड्डिरहेछ
लोक तान्त्रिक गणतन्त्र कोराहरूको कबड्डिरहेछ
शभ्य मुलुकलाई लोकतन्त्रले मङ्गल पुर्याई सक्यो
हाम्रो देशका नेताहरू हदै काम नलाग्ने रद्दिरहेछ ।
