Skip to content

नहेरौ उधिनेर रगत रातो छ कि कालो


कुण्ठाहरू हुन्छन धेरै मनमा
गाँठो परेर बसेका
बसेर सुस्तरी सुर्काउनी
फुकाउनु पर्छ
ठेसहरू – धेरै हिडियो
लागेका छन्
बाटो सम्म्याएर
हिडौला ढुंगाहरू पन्साएर
थाकियो नि त
गन्तव्य नपुगी
कछुवा तालमै-
भए पनि हिड्नु पर्ला
सोचहरू खुम्चिएका
होलान – फुकाउनु पर्छ
बजुको थैली खोलेर

अब बाटोमा रगत
नहेरौ उधिनेर रातो छ कि कालो
लाम्चो छ कि चेप्टो छ
छालाको रंग भित्र रगत
खोतलेर नहेरौ
पहेंलो छैन निलो छैन
शंखनाद भूगोलको
कित्ता भित्र जति कटेनी
त्यो टेकिएको भूगोल
कतै जान्न केही हुन्न
बाबरीका रंग धेरै
वासनामामा अनेकता छैन
सल्बलियो अलिकति
खल्बलियो तर्सेर
अब तर्सिनु हुन्न
झस्किएर सपनाहरू !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *