दुर्योधनहरु डामेर


आरनमा गाण्डिव हालेर
अर्जुन उमार्दै छु साथी
कृष्णको रथको पाङ्ग्रामा
हल ठोक्तै छु
म बलराम सेक्दै छु ज्वालाहरूमा
दुर्योधनहरू डामेर
दुशासन टेक्दै छु साथी
उम्रिएको धृष्टराष्ट्र अन्ध वेगमा
कृष्ण खोज्दै छु साथी
खडेरी लागेको छ
वर्षात भएन यो साल पनि
म सुक्खा याममा विदुर रोप्दै छु
चक्रव्यूह तोडेर निस्कने
अभिमन्यु खोज्दै छु
बिहानीको ओसमा
म पाण्डव अङ्कुरित गर्दैछु साथी
र म
सग्लो जोडिएको नारिएको
भूगोल खोज्दैछु साथी!!

2015-10-09 23:34:21 +0100

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *