सम्झनाका घाउहरू बल्झिदिन सक्छन्
विस्वास भरिका बाटोहरू अल्झिदिन पनि सक्छन्
जीवन कहिले घाम जस्तो कहिले पानी जस्तो
कहिले आस्था बढ्दै जाने कहिले विस्वास जस्तो
आँखाभरि सपनाहरू बाटो खोज्दै आउँछन्
रमाएर आँखा खोल्दा धर्ती लाग्ने पर्यो
मन ढाके तुवाँलोले सधैं अँध्यारो
मुटुबाट मायाहरू आँखातिर बग्छन्
स्वर – शम्भु राई
