Skip to content

आगो सहेर पानी दिँदा


आगो सहेर पानी दिँदा तिमीलाई पिउन गार्हो भए
देऊ मलाई अलबिदा अलबिदा देऊ मलाई अलबिदा

मैले बाँचेर पीडा भए तिम्रो खुशीमा मर्छु बरु
जिउदै जलाउने चाहना भए आऊ जलाऊ अँझै अरु

मेरो इच्छा तिम्रो खुशी सधैं भरी हाँसिरहनु
जान्छु सारा संसार छोडी तिमी रमाई बाँचिरहनु

वसन्त मोहन अधिकारी
स्वर – शिव परियार
संगीत – सोनाम बाइजु तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *