Skip to content

हामी डाइनासौर खोज्दै छौ

हिलाम्मे यो पथमा
दलदल बगेको छ
रगत थक्काहरु
पहाड सुमेरु बन्दैछ
गन्तव्य कहाँ टेक्नु
सारै टाढा हुदैछ
हिड्न किन सकिएन
बैशाखी टेकेर अब
खोच्याएर कति हिड्ने
दल दलमा केहि नभए
एउटा कमल फुल्नु पर्ने
तर फुलेन अझै
समयलाई ऐंजेरु पलाएर
जराहरु गाडीएनन किन
सिंहासनमा टासिएको
यो चिप चिप
अन्धो चश्मा कति ओढ्ने
कति गनाउने अझै
घाम लागेन
सुर्य छेकियो
पर खोलामा शंख घण्टा
निरन्तर बझि रहे
खोइ ग्रहण सकिएन अझै
हामि बाच्दैछौँ विभिषण
लंका डढाएर पुच्छरले
खान्डव खोजेर महाभारत
चर्किएको सिकुवामा
आँगन खनेर पुर्दै
पाखा गर्ल्याम्म होला है
तर्सिएर चट्यांग टाउकोमा
लिलिपुट सपनाहरु
कुलिभर बाँधेर फेटामा
अर्ना उमार्दै गिदिहरुमा
खरायो दौडेर कछुवामा
छेपारो सुतेर समय
ठुलो पर्खाल त्यो बर्लिन भएर
अरिंगाल मथिंगलमा घोलेर
हामि डाइनासौर खोज्दै छौ
धमिरा भएर !!
———————————
शुभ विजया २०७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *