Skip to content

बौद्धिक क्रान्ति गरौ


युद्धको क्रान्तिलाई नजिकैबाट देखेको छु
क्रान्तिमा हजारौ मानव बलीचढेको सुनेको छु
बलि चढेको मात्र होइन चढाएको बुझेको छु
हो त्यसैले युद्धको क्रान्ति शब्द देखी डराउछु

बैश मै युवतीको सिन्दुर पुछिएको देखेको छु
अबोध बच्चाहरू टुहुरा बेशाहारा देखेको छु
आमाहरूको कोख उजाड भएको देखेको छु
हो त्यसैले युद्धको क्रान्ति शब्द देखी डराउछु

बेलगाम क्रान्तिले बलत्कृत समाज भेटेको छु
समाजमा आपसी भरोषा टुटेको पाएको छु
साथी साथीमा बैमनस्यता बढेको देखेको छु
हो त्यसैले युद्धको क्रान्ति शब्द देखी डराउछु

माटोको गंध बारूदमा बदलिएको सुँघेको छु
गाउँका बस्तीहरूमा आगो दन्केको देखेको छु
बदलाको भेलमा क्रान्तिको समाहित पाएको छु
हो त्यसैले युद्धको क्रान्ति शब्द देखी डराउछु

युद्धको होइन अब कृषि र उध्धोगमा क्रान्ति गरौ
शिक्षा र रोजगारी शृजनाको लागि क्रान्ति गरौ
आऊ समग्रमा राष्ट्र निर्माणको लागि क्रान्ति गरौ
आऊ सबै मिली शृजनसिल बौद्दिक क्रान्ति गरौ

बाबुराम पन्थी ” गुल्मेली”
तम्घास गुल्मी

(हाम्रा बाल बच्चाहरूले पढ़ने स्कुलहरूमा बम पड्किन थालेका छन त्यसको बिरुद्धमा यो एउटा कविता लेखेको छु ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *