Skip to content


जनता घोडा हो
घोडचढी शासक हो
मालिक हो
चाबुक दम्भ हो
घोड चढी चाबुक बोक्छ
घोडा माथि चढ्छ
चाबुक ठोक्छ

घोडा बिस्तारो कुदे पनि चाबुक हान्छ
छिटो कुदे पनि चाबुक हान्छ
घोडा जनता हो
घोड चढी शासक हो
जति बेला पनि चाबुक ठोक्छ
छिटो हिडे पनि ठोक्छ
ढिलो हिडे पनि ठोक्छ

जनता आँफै हिड्न जान्दछ
घोडा आफैं हिड्न जान्दछ
ढाडमा चढी राख्न
घोड चढी
करेली तान्दछ
अनि चाबुक हान्दछ
घोडा जनता हो
अनि त्यो घोड चढी शासक हो

घोडी देखेर हिनहिनाउदा
अनि घोडा देखेर घोडी रमाउदा
त्यहा पनि चाबुक हान्छ
जनता घोडा हो
शासक घोड चढी हो
घोडा घाँस धान छुट्याएर खान जान्दछ
घोड चडी बालीमा पस्यो भनेर चाबुक हान्दछ
किनकि उ घोड चढी हो उ शासक हो

दायाँ बायाँ हेर्न दिदैन
आँख पट्टि गर्दछ
अनि चाबुक हान्दछ
उ शासक हो घोड चढी जनता हो
उ सत्ता हो घोडा चढ्छ
त्यहि घोडाको छाला बाट
जिन काठी ढाडमा ठोक्छ
लडिन्छ भनेर पाइदान टेक्छ
अनि चाबुक ठोक्छ
किनकी उ सत्ता शासक हो
घोडा जनता हो

घोडा सुत्दैन
उभिएरै आफ्नु थकान मेट्छ
पारिलो घाममा
घोडचढी
जिन कान्ठिमै सुत्छ
भुसुक्क निदाउछ
कतै ढल पल भयो
फेरी चाबुक ठोक्छ
किनकी घोडा जनता हो
घोड चढी सत्ता हो शासक हो

छिटो कुदे पनि ठोक्छ
ढिलो कुदे पनि ठोक्छ
घोडा अशक्त भयो भने
अनि गोली ठोक्छ
किनकी उ शासक हो
उ सत्ता हो
जनता घोडा हो
——————————-
November 6, 2015
Los Angeles

Leave a Reply

Your email address will not be published. Required fields are marked *