दशै आउँछ जान्छ अनि, आउँछ रँगीन तिहार
कोही जिउँछन् हाँसी खुशी, कसैको मलिन मुहार।
सूर्य ढल्की जान्छन् भरे, अनि दिन पछि रात
हिजोसम्म सबै मेरा, भोलि छैनन् साथ।
जानी नजानी बुझ पचाउने, निर्दयी मानव जाती
भए कति पुग्छ यिनलाई, माथि लाने कति
छ्णिक चयन्, अल्प ज्ञान, कुरा नाना भाँती
कहिले खुल्छन् यिनका आँखा, गरुंगो भो छाती।
समय आउन्छ पर्खिदैन, फर्किन्दैन खोला
राम्रो काम आजै गरौँ, भोलि के पो होला
मन सधैं सफा रहोश, विचार् दूर दर्शी
एही हो मौका हिरा फोर्ने, नरहोश कुनै कशी।

ऊत्तम्
कुरा सोर्है आना ठीक हो, तर भेद कस्ले बुझ्ने
सरसर्ति पड्छन् मात्रै, भित्री रस कसले चुस्ने?