कति छट्टु माकुरो
जाल बुन्दै छ
अरूलाई फसाउने
चाल चल्दै छ ।
झूसैझूस भएको
लामा लामा खुट्टा
जाल बुन्ने जाली हो यो
अरूभन्दा छुट्टा ।
शरीरको पिँधबाट
धागो निकाल्छ
अरूलाई अल्झाउन
जाल बुन्दछ ।
त्यै जालमा अल्झाएर
अरू कीरालाई
चप्प चप्प रक्त चुस्तै
मारिदिन्छ भाइ ।
त्यसैले त माकुरालाई
आफ्नै बच्चाले
भेट्यो भने खाइदिन्छ
सारै मज्जाले ।
आफ्नो प्राण प्यारो हुन्छ
सबैलाई भनी
मार्ने काम गर्नुहुन्न
कसैलाई पनि ।
