म पनि त कुनै आसमा अल्झिरहेछु
हो हिंड्दा हिंड्दै बाटो बीच अल्मलिएछु
किनाराले नदीको साथ भेटे जस्तै
पहाडले आकाशको छाती पाए जस्तै
जूनले पूर्णिमाको तेज भेटे जस्तै
मा पनि त कुनै भावमा बल्झिदिएछु
हो हिंड्दा हिंड्दै बाटो बीच अल्मलिएछु
कलमले मसीको रंग पाए जस्तै
कविताले कविको भाका भेटे जस्तै
धर्तीले वर्षको पानी पाए जस्तै
म पनि त कुनै प्यासमा सल्किरहेछु
हो हिंड्दा हिंड्दै बाटो बीच अल्मलिएछु
स्वर – प्रकाश श्रेष्ठ
