समयले रातारात महलमै पुर्याउँछ फकिरलाई पनि
कमाउछन् रमाउछन् सडकमै पुर्याएको देख्छु अमिरलाई पनि
बा आमाको सम्पत्ति देखाएर साहुको पैसामा मोज गर्दा
जब लगान भर्न थाल्छ दोष देखाउँछ आफ्नै तक्दिरलाई पनि
दुध चढाउदैमा भगवानले कहाँ तथास्तु भन्थे र बरा !
तव गाली गर्न थाल्छ मान्छे मूर्ति अनि मन्दिरलाई पनि
उस्ले कहिल्यै सोचेन भोलिको दिन उदाउँछ भनेर
देख्ने कोशिस नै गरेन आफ्नै अगाडिको मन्जिललाई पनि
रामकृष्ण अनायास
