Skip to content
KrishnaMagarHattikharka


त्यो मनभित्र दिलखोलेर,
सहारामा आउँदा खेरि ।
ब्यर्थ भयो सबै बाचा,
चोखो माया लाउँदा खेरी ।

कत्ती खुसी थिए ती,
बितेका दिनमा हाम्रो ।
हात समाई कसम खान,
मन्दिरतिर धाउँदा खेरी ।

तिमी उस्तै म नि उस्तै,
दुवैजना खुसी थियौ ।
सुर छोडेर उमंगमा,
पिरतीको गीत गाउँदा खेरी ।

काप्न थाले हाल आएर,
ती तिम्रा हातहरू ।
गन्तव्य नै फेर्न खोजेऊ,
गोरेटोमा काडाहरू पाउँदा खेरी ।

त्यो मनभित्र दिलखोलेर,
सहारामा आउदा खेरि ।
ब्यर्थ भयो सबै बाचा,
चोखो माया लाउँदा खेरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *