अखवारको पानामा
मान्छे हराएको सूचना
मान्छे भेटिएको सूचना
मेरो मन भित्रको अखवारमा
त्यसरीनै पन्नाहरू पल्टाएर
धेरैलाई खोजें चिरपरिचितहरू
आफन्तहरू साथी भाइहरू
मन भित्रले छोएको थियो
मन भित्रै सधैं हुन्थे
छायाँसँगै बाटो हिड्थे
कोही बासीभातका साथी थिए
कति लान्गौटियाहरू थिए
कोही गोठालोका साथ थिए
कोही पाठशालामा साथी थिए
पढ्न गारोमा सिकाउथे
खाजा खाँदा साथ् हुन्थे
पानी पिउँदा घुट्को तान्थे
सँगै इनकलावका मुट्ठीहरूमा
मुट्ठी माथि मुट्ठी कस्थे
तिनिहरु आफ्नै थिए
मन भित्रका थिए
झण्डाहरूमा विभाजित भए
अनि
परिवर्तनसँगै सबै हराए
हराएको ठुलो हल्ला थियो
कति बसाईं सरे भन्ने थियो
कति नजिक छैनन यस्तै रह्यो
खोजी गरें बाटो हेरें
तर भेटिएनन्
तिनीहरू
जब देखें चिनेर पनि
नाचिनेझें गरे
हराएका होइनन
बद्लिएका रहेछन
फेरिएका रहेछन
उनीहरू हराएका होइनन
बद्लिएका रहेछन !!
————————–
Nov.20, 2015
California
