दिउसै अँध्यारो छ


उसले आफ्नु जिन्दगी खोज्यो
उनले उनकै जिन्दगी रोजिन
न मनमा खुसी छ
न तनमा चयन छ
अलमलमा जिन्दगी त्यो
न बतन छ
न जतन नै छ
उनले पो बाटो बिराइन कि
उसले पो बाटो बिर्से कि
अलिकति हाँस्न जानेको भए
अलिकति साच्न जानेको भए
वादल हटेपछि घाम लाग्थ्यो नै होला
भन्नेले भन्छन दिउसै अँध्यारो छ !!
—————————————
1 December 2015
srdhakal california

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *