आयो अनि संसार सारा लडाएर गयो
सपनामा आगो लगाइ डडाएर गयो
सधैंं को गरिब अनि निमुखा जनताहरू
ऋण माथि ऋणको भारी चडाएर गयो
भन्छन् अँझै हाम्रोदेश सयौंवर्ष पछाडि छ
दल दलमा अँझैफेरि किन गडाएर गयो
लक्ष्य हाम्रो पारी थियो क्षितिजभन्दा माथि
गाडि हाम्लाई अँझै आकाश मै ठडाएर गयो
दुखाइ अनि पिर मर्का सधैंको जिन्दगीमा
त्यसै माथि झन अरु बडाएर गयो
सुरेश कार्की निषाद
थाहा नगरबासी दामन मकवानपुर
हाल काठमाडौं नेपाल
मेई ७, २०१५
