यै राष्ट्रको भलो हुने सधैं गीत गाउँछु म त
यै राष्ट्रको माटोसँग माया प्रीति लाउँछु म त
मिहिनेत गर्यौ भने हिरा मोती यही फल्छ
शुभ्- सन्देश सुनाउदै पूर्व पश्चिम धाउँछु म त
बिदेशिको मोहमनै भौतारिनु छैन मलाई
जस्तो हुन्छ यै देशमा आत्मा शान्ति पाउँछु म त
म्रीत्युपछि पुन :जन्म पाउँछ भने मानिसले
फेरि पनि नेपाल कै भू-स्व र्गमा आउँछु म त
उठाएर माटो अब प्रण गर्छे जिज्ञाशुले
यै देशमा प्यारो राष्ट्रियता झल्काउँछु म त

साह्रै मिठो देश प्रेमले
साह्रै मिठो देश प्रेमले ओतप्रोत गजल!
धन्यवाद।