परदेशतिर होइन अब म स्वदेशमै आउँछु साथी
त्यही नेपाली पाउको टीका निधारमा लाउँछु साथी
परदेश पनि उही त रहेछ खेती किसान भेडा बाख्रा
यो कामभन्दा मेरै गाउँको टारी खेत धाउँछु साथी
त्यही हाम्रो संस्कृति, भेष-भुषा, परम्परा
हरियो वन अग्ला हिमालको गीत गाउँछु साथी
प्रदेशको बगैंचा र ठूलाठूला महलभन्दा
आफ्नै घरको झुपडी अब खरले छाउँछु साथी
धर्म गर्छु हाम्रै देशमा “ईश्वरलाई” दैता ठानी
पसिनाले भिजे माटो यहीं सुन पाउँछु साथी
ईश्वरी प्रसाद भण्डारी(आई.पी भण्डारी)
गुल्मी, हुँगा ३, डोम्मी
