जिन्दगीलाई तिमी, आँसुको ताल नबनाऊ
समुद्रको पानी जस्तै बग्ने छाल नबनाऊ
माया पाउन सबैलाई माया दिनु जान्नुपर्छ
दुनियालाई दुखदिने खराब चाल नबनाऊ
हुन्छन सबैका तिम्रा जस्तै सानाठुला सपना
षडयन्रले भरिएको माकुरा झै जाल नबनाऊ
जुराएका हुन्छन ईश्बरले मित्र फरक सबैलाई
पानी बिनाको माछा जस्तै हाल नबनाऊ
आजको समय भोलिफेरि घुमी फर्कि आउदैन
यो वर्षलाई पीडादायी नभुल्ने साल नबनाई
गजलकार लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ झापा
हाल – सुनधारा, काठमान्डौ, नेपाल
अध्ययन तथा कार्यक्षेत्र – धनगडी, कैलाली, नेपाल
सुझाव सम्पर्क9804690381
