दुनियाँका कुरा सुन्छ्यौ यस्तो कहाँ हुन्छ ?
अनि आफै पर हुन्छ्यौ यस्तो कहाँ हुन्छ ?
तिम्रो मेरो झगडा परालको आगो नसोची,
षड्यन्त्रको जालो बुन्छ्यौ यस्तो कहाँ हुन्छ ?
यता दिक्क,उता ठिक्क कसमहरू बाड्दै,
पराईको शिर छुन्छ्यौ यस्तो कहाँ हुन्छ ?
कस्तुरीलाई आफ्नै बिणा थाहा नभाजसो,
तड्पिएर किन रुन्छ्यौ यस्तो कहाँ हुन्छ ?
तिमीलाई पाउन संघर्षको लडाइV गर्या बेला,
कृष्ण कै नाका थुन्छयौ यस्तो कहाँ हुन्छ ?
-कृष्ण प्रताप महत
गुल्मी
