कर्मचारी मुठ्ठीभित्र, राखी काम गराउने,
निजामति ऐन पनि, संशोधन गराउने ।
राजकाज चलाउने, उद्देश्य राम्रै देखियो,
हुन्छ संशोधन हेरौँ, भाग्ने त आफ्नै देखियो।
ऐन बनाउनेहरू, भाग्ने बसी बसै भरी,
आफै भन्नु भन्नेहरू, बन्छ ऐन कसो गरी ?
अस्थायी म्यादी करारी, बाहिरै धेरै दगुर्ने ।
कर्तव्यच्यूत हुनेको, किन नि केही नगर्ने ?
