Skip to content


यो फूल जस्तो त्यो मन भए कतिमा हुन्थ्यो नि
सोचेको मात्र हैन है कान्छी आँटेको पुग्थ्यो नि
हुन त हुन्थ्यो आँटेको पुग्थ्यो मर्दले आँटेको
मनको कुरा बुझेर कहिले नजिक डाकेको

सलल बगेको खोला गण्डकी
मरी लानु के छ र दुई दिने जिन्दगी

नाकैमा फुली शीरमा रिबन के विघ्न सुहाको
तिम्रो र हाम्रो जोडीलाई हेर दैवले जुराको
काटीमा कुटी कौवाको मासु खाऊँ भने घिन लाग्छ
खुबीमा छैन लानलाई तिम्रो जान त मन लाग्छ

सलल बगेको खोला गण्डकी
मरी लानु के छ र दुई दिने जिन्दगी

रातलाई चन्द्र दिनलाई सूर्य तिमी चाहिं मलाई
ज्यान गए जाला शरम छैन छोड्दिन तिमीलाई
ढल्केर जाने पापी यो जोवन कति कतिञ्जेल रहने हो
मैले त आँटे तिमीसँग जाने यो जोवन तिम्रै हो

सलल बगेको खोला गण्डकी
मरी लानु के छ र दुई दिने जिन्दगी

स्वर – कुमार कान्छा, आशा भोषले
संगीत – रनजीत गजमेर
चलचित्र – चट्याङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *