अनेकौं कठिनाइहरू बीच
केही इक्षाहरू मौलाएर आउने गर्छन
मैले कसैलाई बुझ्ने
कसैले मलाई बुझ्ने
वा भनौंन, कसैले कसैलाई बुझ्ने होडबाजीमा लाग्नुभन्दा
केही समय बिस्राम गरौँन,
बरु मायाका कुरा गरौँन |
माया पनि त इक्षा नै हो
कुनै वेमत्लबमा दौडिरहेको मृग झैं
माया गरिरहने इक्षा
कुनै ठाउँमा पुग्न चाहनु, नचाहनु
अनेकौं अर्थहरू लगाउनु
इक्षाको के अर्थ हुन्छ र
इक्षा र माया उस्तै हो
इक्षा सोच्नु हो
माया बानी हो
पहिला सोचिन्छ, अनि बानी लाग्छ
मन भित्र खेलिरहने द्वन्द्वहरू
इक्षाकै सारथीहरू हुन्
केही द्वन्द्वहरू बिस्फोट हुन्छन्, मन पोल्छ
माया पनि द्वन्द्व हो,
माया छ कि छैन, माया हो कि होइन
माया साचों र झुठो भन्ने हुदैन
माया हुन्छ, अनि अर्को दया हुन्छ
दया, सजिलो हुन्छ जीवन बाँच्न
केवल चासो हुन्छ
केवल बुझाइ हुन्छ
तर बुझ्नु भनेको नबुझ्नु हो
दया ढोंगी हो, मलाई दया नदेखाऊ !
माया नहुनु दुख हुन्छ
आफू भित्र लड़ाई हुन्छ
आफ्ना भावनाहरू अरुबाट आपूर्ति गरिन्छ
दया हुनु,
दया गर्नु,
दया लाग्नु,
घातक हुन्छ |
यो जानेर गरेको माया जस्तो
यो बुझेर गरेको माया जस्तो
यो तत्वो हो | यसले भाव जान्दैन |
माया मिथक छ, भैरहन्छ…
इक्षा आइरहन्छ, गइरहन्छ
रगत जस्तै मुटुमा पुग्छ
इक्षा पनि धड्किन्छ
माया पनि धड्किन्छ
अनि रगत जस्तै सांस बोकेर फर्किन्छ
कठिनाइँहरू बाह्य कुरा हुन्
मन भित्र चल्ने द्वन्द्व त
मायाको हो, इक्षाको हो
तर माया र इक्षा पनि त कठिनाई बन्न सक्छन
यो कुरा महसुस गर्नु पर्छ
बुझ्न त यहाँ के छ र
मान्छेले सांस फेर्छ, रगत बग्छ
त्यसैले त ऊ बाँच्छ
सांस रोकिंदा, रगत रोकिन्छ
त्यसैले त ऊ मर्छ
तर बुझाई संधै ठिक नहुन सक्छ
यसमा गहिराइ हुन्छ
कहिलेकाहीं रगत स्थिर भएजस्तै हुन्छ
एकछिन शरीर तरंगित भएजस्तै हुन्छ
तर पनि मानिस बाँचेंकै हुन्छ
