Skip to content


सुन सुन पंच हो म केही भन्छु
रौता रानीको हेर सवाई कहन्छु

चारपट्टि डाँडा छ रौतालाई घेरेको
तीनपट्टि देवाल छ ढुङ्गाले घेरेको

मुनीबाट बलुङ्खा माथि रौता रानी
त्यस ठाउँमा र’छ है अति चिसो पानी

रौताको पश्चिम पटि नामन्त गाउँ छ
रानीको सेवा गर्न सारा संसार आउँछ

चारपट्टिका मानिस सेवा गर्न आउछन्
रौताको सेवा गरे राम्रो वर पाउछन्

कति राम्रो पोखरी रौता रानीको
पोखरीको उत्तर भागमा मन्दिर भएको

पुजारी त्यस ठाउँमा एक जना बसेको
पाठी परेवा काट्नु कम्मर कसेको

घर पनि त्यस ठाउमा तीन वटा भएको
पूजा गर्न त्यस ठाउमा पाठी लिई गएको

भाडा वर्तन पनि प्रसती मिलेका
पर्का खाने पस्किने समेत देका

भाँडाकुँडा खाँचो नईं त्यस ठाउँमा
पकाएर खानु पनि जानु पर्दैन गाउँमा

रौता रानीको सेवा गर्न जानेमा
चिताएको पुरा गरिदेऊ हेर मनुष्यमा

मनुष्य पनि हेर पट्मुर्खमा
भर भाकल दिन आउछन हेर रानीमा

हिउद वर्षा खाँचो छैन जल र पानीको
पोखरीको लपता पनि चराले फ्याकेको

कति खेर आउँछ चरा कहाँ बास बस्छ
चारै पटी बक्ष छ कति पात खस्छ

रौताको एकपट्टि ढुङ्गाको सिंडी छ
उत्तरबाट आउँदाखेरी थकाइ परिन्छ

सत्ययुगमा तिनै बहिनी उत्पन्न भएका
भविष्यमा यिनीहरू छुट्नाम भएका

एक बहिनी बारामा एक कमला माई
उदयपुरमा उत्पन्न भएकधा रौता रानी आई

अघिका बुढा पाका त्यसो भन्थे ताहा
सत्य कुरा हो कि होइन अहिले हामीमा

बोलुङखाबाट रौता पश्चिम भागमा पर्छ
चित्रेथाम र रौता बराबर पर्छ

बोलु्ङखामाथिबाट गाडी हिड्ने बाटो
तहाँबाट उभो लाग्यो खुट्टा पनि थाक्यो

ढुङ्गाको बाटो छ थानमा जाने बाटो
त्यो बाटो उभो लाग्दा मनको तातो

पाँच सय मीटर पर्ला ढुङ्गाको सिँढी तहाँ
थकित भै पुगिन्छ भलाएको फेदमा

तहाँबाट पुगिन्छ देवता मन्दिरमा
रौता रानी रक्षा गरिदेऊ देशबासीमा
आर्शिवाद देऊ है नेपाल राज्यमा

रौताको पश्चिमपट्टि तारे भन्ने भिर
तारे भिर पर्न जान्छ बरुवाकै शिर

माथिबाट जादाखेरी आहालेका पुग्ला
तारे भिरमा अजम्बरी छ भन्दथे पनि
छ है भन्थे त्यस ठाउमा हो कि हैन पनि

सुनको गजुर छ भन्थे तारे भिरमा
अघिका बुढा पाका त्यसो भन्थे ताहा

हेर है रौता रानी सुख शान्ति देऊ
हाम्रो नेपाल राज्यमा खुसी गराई देऊ

उदयपुरका ठुला देवता यिनै रौता रानी
रौतालाई हेला गरे हुन्छ अत हानी

अघि रौता रानी तीन बहिनी पाइन्छ
रौतासँग बर मागे सुख शान्त पाउँछ

रौता र बाराहाको हानजा हान भएको
माछा र भ्यागुताको कस्तो निल भएको

माछा थिए रौतामा भ्यागुता बाराहामा
भ्यागुता हानी दिए हेर रौतामा
रौताले माछा हाने हेर बारहमा

यस्तो कुरा पाइन्छ है अहिले हेर यहा
माछा भए बाराहमा भ्यागुता रौतामा

माझमा गहिरो भयो त्यास्तो अग्लो ठाउँमा
चार पटी डाडाँ छ रौता पोखरीमा
तिर्थालु अति आउछन हेुर त्यस ठाउमा

त्यस ठाउँमा मोहनसिंहले मन्दिर बनायो
धन पनि सबै लग्यो हेर त्यस ठाउको

मोहनसिहले पोखरामा पानी सुकाए
त्यति खेर रौताले हेर मन दुखाए

पोखरी सफा गर्छु भनी कन ढाटे
पैसाको त्यतिखेर पारी हाले फाँटे

पानी सुकाए पछि बाबाजिलाई खेदे
खेदेको भोलि पल्टै त्यस्तै पानी देखे

यो हेर २०१७ सालमा जस्तो लाग्छ
तहाँबाट बाबाजी अन्तै पनि गाछ

यत्रो पोखरीको पानी हेर पनि सुकाई दिए
बाबाजी पनि हेर शक्तिशाली थिए

उदयपुरमा रौता रानी ठुला देवता हुन
यो युगमा यस्ता देवताशरु होलान कुन

ए रौता रानी तिमी खुसी भइदेऊ
जति आउछन मनुष्य त्यति बर देऊ

नेपाल राष्ट्रमा शान्ति गराइदेऊ
हातन्क सँर्घषलाई पर पर पारिदेऊ

नेपालीले दुख पाए सर्घष गरेर
सर सर बर माग्छु रौता रानीमा

कहिले पनि पिर नहोस् हाम्रो देशमा
नेपाल राज्य देखि लिएर गाउघरमा
सारो गरी दुख पाए नेपालीले यहाँ

तिमी रौता रानी राम्रो गरी देऊ
मनुष्यको आशामा पनि पुरा गरी देऊ

सत्य नै हौ रौता रानी पटमुर्खमा
सत्य भयौ आज तिमी यस पृथ्वीमा

हाम्रो नेपालमा तिमीले शान्ति गराइदेऊ
नेपालमा नेपालको मन भावना पुरा गराइदेऊ

धन्य धन्य रौता रानी तिमी उत्पन्न भए
राम्रो पो हुन्थ्यो होला तिमी खुसी भए

रौता रानीको उतर पटि सल्लेर भदौरे
सल्ले र भदौरे तल माथि पर्छ
सल्लेको डाडाँमा दोकान पनि बसेछ

भदौरे गाउ हेर्दा उतर ढल्केको
ठाउ ठाउमा पानी छ कलकलि कल्केको

सल्ले र भदौरेतल माथि पर्छ
दितेलमा जाने बाटो त्यहीबाट पर्छ

पहाडी भेग पयो हेर त्यस ठाउमा
सल्लेको बजारले सुख भयो गाउमा

तहाँबाट माथि पयो चिसापानी दोकानमा
ठुला ठुला दोकान भए हेर त्यस ठाउमा

रौताबाट तल पयो बोलुङ्खा गाउँ
निकै राम्रो धान भाको हेर त्यस ठाउ

बोलुङ्खा गाउमा त खेतैखेत भाको
रौताको काखमा पर्छ कस्तो धान भाको

ताहाबाट पूर्व पटि कटुसे गाउ छ
कटुसे गाउ हेर्दा थुम्का भाको ठाउ छ

माथि पयो बोलुङ्खा तल ज्यामिरे
बोलुङ्खा हेर क्या मिले

रौताबाट पश्चिम पर्टि बरुवाको भिर
बरुवाको भिर हेर्दा मनमा छैन थिर

रौताबाट पश्चिम आउर्दा आहालेको बाटो
आहालेको बाटो हेर्दा मनको जान्छ सातो

तारे भिर भन्ने पर्छ रौताको शिर
आहालेमा नआउनजेल मर्छ भने पिर ।

लेखबहादुर कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *