वषौं कुराएर मध्य रातमा आयो ऊ । भोका, नाङ्गा अनि दरिद्रलाई पनि आफ्नो बनाउँछु भनेर ठूलो भाषण छाँट्यो र, उसले त्यसो गर्न सक्छ पनि रे ! अन्त त त्यसै गर्यो भन्ने पढेको छु, सुनेको छु अनि देखेको पनि छु तर यहाँ त ऊ आफैँ दर्शक होला जस्तो छ । ऊ त यहाँ आफैँमा किंकर्तव्यविमूढ देखिएको छ । ए ऊ त अगि नै हिँडिसकेछ । अनि साँच्चै, मैले उसको नाम त सोध्नै भुलेछु ।
