Skip to content

त्यो अधुरो कहानी


कहाँ होलिन केगर्दै होलिन त्यो पुतली सानी
सम्झना बनि आइरहनेछ त्यो अधुरो कहानी

फोन गर्थिन राति राति नाम ढाटी ढाटी
कुरा गर्थिन लामो लामो बोल्न सारै बाठी
ब्लफ-कलबाट सुरु भएको हाम्रो प्रेमकथा विफल भए पनि
सम्झना बनि आइरहनेछ त्यो अधुरो कहानी

झ्यालबाट लुकी छिपी चिहाइ चिहाइ हेर्थीन
छेउ पर्दा लाज मानि आँखा छोपी भाग्थीन
रुप उसको पुतली झैँ त्यो चन्चले आनी बानि
सम्झना बनि आइरहनेछ त्यो अधुरो कहानी

म भने जिन्दगीको एउटा कठिन मोडमा थिए
कर्तब्य र लक्ष्य बिचको पहाड भर्खर चड्दै थिए
बिध्न बाधा परिस्थितिले हामी बीच पार्यो असिना पानी
सम्झना बनि आइरहनेछ त्यो अधुरो कहानी

बिन्ति हाम्रो प्रेम कथा एकतर्फी थियो नसम्झिनु
वियोगको व्यथामा यो मन पनि जलेकै थियो मान्नु
तिमी जहाँ भए पनि शुभकामना मेरो तिम्रो साथरहन्छ सानी
सम्झना बनि आइरहनेछ त्यो अधुरो कहानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *