यो नजरले त्यो नजरको ईशारा बुझ्न सक्छ
बुझेपछि मायाको दिलमा मुल फुट्न सक्छ
शृङ्गार गरी फूल तिमी नजिक आयौ भने
होस् गर मात्तिएको भँवराले चुम्न सक्छ
कति बस्छौं साँचेर भरिएको त्यो जवानी
आऊ साटौँ पिरती नत्र खोली सुक्न सक्छ
नजरका ती बाणहरुले प्रहार मात्रै नगरिदेऊ
मेरो पनि मुटू न हो चोट लाग्दा दुख्न सक्छ
आँखामा गाजल लगाइ ओठमा लाली लगाई
तिमी आयौँ भने कसम मुर्दा पनि उठ्न सक्छ
कपिल मणि
दाङ, बेलझुण्डी
