Skip to content

बाँच्ने रहरहरू बढ्न थाल्छ


उत्साहको दियो बल्छ
उमंगको फुल खिल्छ
बाँच्ने रहरहरू बढ्न थाल्छ
तिमीलाई देखेर
प्रिये
तिमीलाई देखेर

शुभदिनको सुरुवात हुन्छ
केही राम्रो गर्ने सुर चड्छ
बाधाहरू छिचोलेर पाइला अघि बढ्न थाल्छ
तिमीलाई पाएर
प्रिये
तिमीलाई पाएर

टाढा नहुनु डर लाग्छ
घाम जुन टाढा भाग्छ
जीवन मृत्युको दोसाँधमा म अल्झिन सक्छु
तिमीलाई खोजेर
प्रिये
तिमीलाई खोजेर

उत्साहको दियो बल्छ
उमंगको फुल खिल्छ
बाँच्ने रहरहरू बढ्न थाल्छ
तिमीलाई देखेर
प्रिये
तिमीलाई देखेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *