शीतपछि बिहानीमा फक्रिन्छ फूल बगैचाको
माली मलजल गरी फुलाउँछ फूल बगैचाको
प्रकृतिको सुन्दरता किन चुँडी फूल बगैंचाको
मूर्तिलाई चढाँउछ मान्छे किन फूल बगैंचाको
श्रद्धालु अब नचढाऊ मन्दिरमा फूल बगैचाको
कामना पुरा होला र खै चुँडी फूल बगैचाको
सुन्दरता चुडिने उदाहरण,बन्छ फूल बगैचाको
किन लुटिरहेछन् अस्तित्व यहाँ फूल बगैचाको
कहाँ सुन्छ र खै भगवान रोदन फूल बगैचाको
नचुँड भनी सम्झाइदेऊ कोही फूल बगैचाको
बाबुराम पन्थी “गुल्मेली”
