इशाराले बोलाउन पर्दैन
माया भए डराउन पर्दैन
त्यसैले त बोलाउन मन लाग्यो
माया नभए बोलाउन के खाँचो
खेल होइन पिरती जीवनभरिलाई
खेलखेलमै जोवन ढली जाला
खेल सम्झी पिरती लाएको होइन
मन भुल्ने रहरमा माया लाएको होइन
अब यस्तो बाहना गर्नु पर्दैन
माया भए डराउन पर्दैन
त्यसैले त बोलाउन मन लाग्यो
माया नभए बोलाउन के खाँचो
साँची देऊ सुम्पिएको जीवन तिमीलाई
राखिदेऊ सम्झना अल्झाई मुटुमा
आकाश जस्तो फैलिएको माया तिमीलाई
सागर जस्तो गहिरो मेरो मुटुमा
कसम छ है तिमीलाई मेरो मायाको
अबदेखि सम्झाउन पर्दैन
इशाराले बोलाउन पर्दैन
माया भए डराउन पर्दैन
स्वर – दीपा झा
चलचित्र – अन्याय
