Skip to content

छुनुमुनु गर्दै टुकुटुकु आऊ (बालगजल)


छुनुमुनु गर्दै टुकुटुकु आऊ बाबू
बुबुमाम खाइवरी फेरि जाऊ बाबु ।

मिलिजुली खेल्ने गर साथीभाइसँग
उनीहरूसँगै मिली गीत गाऊ बाबु ।

लेखपढ शुरु हुन्छ तिम्रै उमेरदेखि
विद्या लिन सधैँभरि स्कुल धाऊ बाबु ।

ठूलालाई मान देऊ सानालाई माया
राम्रो पढिलेखी इनाम पाऊ बाबु ।

सबको आश तिमीमा नै रहेको हुँदा
चन्द्रसूर्य बनेर रोशनी छाऊ बाबु ।

नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
मो. नं ९८४२८२९२०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *