Skip to content


आकाशको पनि तारामाहाँ
आकाश लज्यालो पनि पार्छन् ताहाँ
आकाशको अँध्यारोमाहाँ
चम्काई बस्छन पनि गगनमाहाँ

घाम र ज्युन पनि ता मिली
पार्छन आकाशमा पनि झिलिमिली
हुदैनन उनीमा केही झगडा पनि
सारा चम्काउछन यी सबै मिली पनि

दिनमा सूर्य रातामा जून
ठुला होलान अब हेर कुन
बादलु हुन्छ सारो घमण्डी
अँध्यारो हुन्छ सारा मात ढाकी

बादल आउछ सारा उठेर
तारा र जूनको लान्छ कर्मै लुटेर
पाउदैन फुर्सद एक छिन बादललले
दिदैन देख्न पनि हेर बादलुले

वर्षा र पानी पनि बोकी आउने
वर्षामा बादलुले पालै नपाउने
ठुला ठुला नदी र नालामाहाँ
घुमेर हिड्छन हेर ताहाँ

तारा र जुन अन्धकार भयो
भेल र बाँडी पनि हेर चल्यो
आकाशमा त हुर्नु बिजुली चम्कियो
बतास र पानीले धर्तीमा हम्कियो

तारा बसेका छन अटल भएर
बादलुले ढाकी दियो त्यही गएर
तारा हिन्दैनन कहिले उल्का हिडेको
भन्छन् मनुष्य तारा हिडेको

सप्तऋषि र शुक्र हिडेका
यति मात्र हुनु मनुष्यले चिनेका
हिड्छन यिनीहरू प्रत्येक रात दिन
यिनै मात्र हुन सत्य भगवान चिन

आकाश पाताल चार दिशामाहाँ
पाइन्दैनन भगवान खोजेर यहाँ
आकाशका चन्द्र सूर्य पतालका राहु
पृथ्वी पाउदैनन भगवानले बस्ने ठाउँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *